भारतीय सेनाध्यक्ष नेपालमा, राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने
प्रकाशित २०७४ माघ २९ सोमबार
489
Shares
काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष विपिन रावत नेपाल आएका छन् । नेपाली सेनाको स्थापना दिवसको अवसरमा राजधानीमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुनको लागि सेनाध्यक्ष रावत नेपाल आएका हुन् ।
प्रधान सेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा ३ दिने नेपालको औपचारिक भ्रमणको लागि नेपाल आएका रावत नेपाली सेनाका मानार्थ महारथी समेत हुन् । सोमबार उनलाई स्वागत गर्नको लागि नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।
नेपाल एकीकरणको २५० वर्षगाँठ मनाउने क्रममा मिति मंगलबार आयोजना गरिने ‘सेना दिवस २०७४’ को कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी हुन उनी नेपाल आएको नेपाली सेनाले जनाएको छ । उनी बुधबार नै स्वदेश फर्किने कार्यतालिका छ । नेपाल भ्रमणमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटघाट गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।