त्रिवि प्रजातन्त्रवादी कर्मचारीको अधिवेशन बिहीबार, शशांकले उद्घाटन गर्ने
प्रकाशित २०७४ फागुन १ मंगलबार
206
Shares
काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारीहरुको केन्द्रीय अधिवेशन बिहीबार हुँदैछ । दिउँसो ११ बजे त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुरमा हुने अधिवेशनको नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले उद्घाटन गर्दैछन् ।
प्रजातान्त्रिक कर्मचारीहरुको बैचारिक संगठनको रुपमा रहेको संघले यही अधिवेशनबाट नयाँ नेतृत्व पनि चयन गर्नेछ । सकेसम्म सहमतिमा नै नेतृत्व चयन गर्ने भनिएकोले अहिलेसम्म कसलाई अध्यक्ष बनाउने भन्ने विषयमा यकीन निर्णय भईसकेको छैन ।