arrow

यस्तो बन्छ प्रदेशको मुख्यमन्त्री कार्यालयको संरचना 

logo
प्रकाशित २०७४ फागुन २ बुधबार
province-structure.jpg

काठमाडौं । संघीय सरकारको मन्त्रिपरिषद्ले प्रदेश सरकारको सांगठनिक संरचना स्वीकृत गरेको छ । ७ वटा मन्त्रालय रहने गरी सरकारले तयार पारेको संरचना अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको नेतृत्वमा संरचना बन्ने भएको छ भने बाँकी अन्य मन्त्रालयहरुमा सहसचिवको नेतृत्वमा कार्यसञ्चालन हुने भएको छ । 

माघ दोस्रो साता स्वीकृत गरेको मन्त्रालय संरचना र कर्मचारी खटिने शाखाको विवरण अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजपत्रांकित विशिष्ठ श्रेणीको सचिवको नेतृत्वमा २१ जना कर्मचारी रहने भएका छन् । 

२ वटा महाशाखा र ४ वटा शाखा रहने सो कार्यालयमा महाशाखाको नेतृत्व सहसचिव र शाखाको नेतृत्व उपसचिवले गर्ने छन् । 

केन्द्र सरकार र प्रदेश सरकारको संरचना र त्यहाँ रहने मन्त्रालय संख्या तय गर्नको लागि गठित अधिकारसम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिको सिफारिस अनुसार नै सरकारले ७ मन्त्रालयको खाका तय गरेको हो । समितिले केन्द्रमा १५ र प्रदेशमा ७ मन्त्रालय राख्न सिफारिस गरेको छ । 

यसलाई सरकारले हेरफेर गर्न सक्ने भएपनि तत्कालको लागि प्रदेशमा ७ मन्त्रालयको अवधारणा तय गरेको कानून मन्त्री यज्ञबहादुर थापाले जानकारी दिए । उनका अनुसार यो संरचनालाई केन्द्र सरकारले चाहेको खण्डमा परिवर्तन गर्न सक्छ । 

तर अहिलेको लागि ७ वटा मन्त्रालय रहनेगरी सरकारले मन्त्रालय संगठन संरचना र कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ