arrow

मन्त्रीपरिषद बैठक जारी, प्रधानमन्त्री शेरबहादुर देउवाले केही बेरमै राष्ट्रको नाममा सम्वोधन गर्दै

logo
प्रकाशित २०७४ फागुन ३ बिहिबार
sher-bahadur-deuba-new-fnl.jpg.jpeg

मन्त्रीपरिषद बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । 

बैठक सकिए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्वोधन गर्ने कार्यक्रम छ । यो सम्वोधनमै देउवाले राजीनामा दिने छन् । 

यसअघि बुधबार राति नै संवोधन गर्ने तयारी भए पनि मन्त्रिपरिषद बैठक बस्न नसक्दा संवोधन सरेको थियो । 

प्रधानमन्त्री देउवाले आफू नेतृत्वको सरकारले गरेका ऐतिहासिक कामको फेहरिस्त देशवासीलाई सुनाउने बुझिएको छ । 

एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री बन्नका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेपछि देउवालाई छिट्टै संवोधन गर्न दबाब बढेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ