arrow

आफू प्रधानमन्त्री बन्न ओलीद्धारा दाबी पेश 

logo
प्रकाशित २०७४ फागुन ३ बिहिबार
kp-sharma-oli--udayepur-news.jpeg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बनाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सामु दाबी पेश गरेका छन् । 

ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरु शितल निवास पुगेर राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गरेका हुन् । 

संसदमा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ । 

एउटै दलको बहुमत नभएकाले एमाले र माओवादीले संवैधानिक प्रावधानअनुसार आफूहरुको बहुमत रहेको उल्लेख गर्दै प्रधानमन्त्रीमा नियुक्तिको आग्रहसहित ओलीको नाम प्रस्ताव गरेका हुन् । 

योसंगै राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने शितल निवास स्रोतले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ