मेरो जिम्मेवारी पूरा भयो, अब राजीनामा दिँदैछु –प्रधानमन्त्री देउवा
प्रकाशित २०७४ फागुन ३ बिहिबार
242
Shares
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो जिम्मेवारी पूरा भएको भन्दै राजीनामा दिन लागेको बताएका छन् ।
बिहिबार बिहान राष्ट्रका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकारले तीनै तहको महत्वपूर्ण निर्वाचन सम्पन्न गरी जिम्मेवारी पूरा गरेको बताए ।
उनले आफ्नो कार्यकालमा महत्वपूर्ण निर्णयहरुसमेत भएको बताए ।
मन्त्रीपरिषद बैठक सकिएलगत्तै बालुवाटारबाट प्रधानमन्त्री देउवाले सम्वोधन गरेका हुन् ।
मन्त्रीपरिषदका सबै सदस्यहरु बीच उनले सम्वोधन गर्दै २००७ सालदेखि अहिलेसम्मको काँग्रेसको योगदानका बारेमा समेत देउवाले चर्चा गरेका छन् ।
उनले आफ्नो नेतृत्वले गरेका कामको फेहरिस्त पनि सुनाएका छन् ।
देशका लागि मुलुकको मुख्य पदमा रहेर आफूले गरेका प्रतिवद्धता पूरा गर्न पाएकामा उनले खुशी समेत व्यक्त गरेका छन् ।
उनले अन्त्यमा भने, ‘मेरो जिम्मेवारी पूरा भएको छ अब राजीनामा दिँदैछु ।’
उनले आफ्नो कार्यकालमा सघाउने सबैलाई धन्यबादसमेत दिएका छन् ।
उनी चौथो पटक ८ महिने कार्यकाल सक्न सफल भएका हुन् ।
देउवा बालुवाटारबाट सीधै राष्ट्रपति कार्यालयमा गएर राष्ट्रपतिलाई राजीनामा बुझाउँदैछन् ।