arrow

देउवा बाहिरिन नपाउँदै ओली नियुक्त !, सपथको अग्रिम तयारी 

दोस्रो उपधारामा टेकेर नियुक्ति, ३० दिनमा विश्वासको मत लिनु पर्ने 

logo
प्रकाशित २०७४ फागुन ३ बिहिबार
kp-oli-new.jpg.jpeg

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । शेरबहादुर देउवाले राजीनामा दिँदा दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । 

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले विहिबार मात्रै राष्ट्रपतिलाई समर्थनको पत्र बुझाएका थिए । निर्वाचन आयोगले वुधबार अबेर मात्रै प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो ।

नवनियुक्त प्रधानमन्त्री ओलीले वुधबार अपरान्ह ४ बजे सपथ लिने तयारी छ । ओलीको सथप ग्रहणका लागि पहिलेनै तयारी गरिएको थियो । जस कारण विहिबार राष्ट्रपतिको पाथीभरा महोत्वसमा जाने कार्यक्रम स्थगन भयो । 

संवैधानिक व्यवस्था अनुसार अब प्रधानमन्त्री नियुक्त ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ । २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका १२१ र माओवादीका ५३ गरी १६४ सासद छन् । बहुमतका लागि १३८ सांसद आवश्यक हुन्छ ।

निर्वाचन आयोगले बुझाएको प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणम अनुसार कुनै एक दलको स्पष्ट बहुमत नपुगेकाले ओली संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्री बन्ने अवस्था रहेन । ओलीलाई धारा ७६ (२) अनुसार नियुक्त गर्नु परेको हो । 

संविधानको धारा ७६ (२) मा उपधारा (१) बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ, भनि उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ