arrow

‘शान’ले प्रधानमन्त्री बनेको ईतिहास रच्न चुकेका ‘केपी ओली’को जीवनी

logo
प्रकाशित २०७४ फागुन ३ बिहिबार
oli_new.JPG

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नयाँ संविधान अनुसार नियुक्त हुने पहिलो प्रधानमन्त्री भएका छन् । उनी मुलुक संघीय संरचनामा गएपछि पहिलो र समग्रमा नेपालको ४१औं प्रधानमन्त्री भए । यो उनको दोस्रो सत्तारोहण हो ।

उनको दलको हैसियत फेरिएको छ, तर, नियति उही । संघीय नेपालको पहिलो प्रधानमन्त्री हुनु ओलीको सौभाग्य हो भने, आफ्नै दलबाट स्पष्ट बहुमतका साथ संविधानको धारा ७६ (१) अनुसार शानले प्रधानमन्त्री नियुक्त हुन नपाउनु दुर्भाग्य हो ।

उनको दलले स्पष्ट बहुमत ल्याउन नसकेकै कारण उनी धारा ७६ (१) अनुसार संसदीय दलको नेता चुनिएर शानसँग प्रधानमन्त्री नियुक्त हुन पाएनन् । उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने उपधारा (२) अनुसार सत्तारोहण गर्नु पर्‍यो ।

संविधानको धारा ७६ (२) मा उपधारा (१) बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ, भनि उल्लेख छ ।

धारा ७६ (१) अनुसार प्रधानमन्त्री हुन उनको दलले स्पष्ट बहुमत ल्याउनु पर्ने थियो । त्यसपछि उनी संदीय दलको नेता निर्वाचित हुनु पर्दथ्यो । संसदीय दलकाे नेताकाे हैसियतले प्रधानमन्त्री बन्दा उनकाे शान बेग्लै हुने थियाे । एमालेभित्रै युवराज ज्ञवालीहरुले पार्टी एकतापछि मात्रै सरकार गठन गर्दा राम्राे हुने भन्दै अाएका थिए । अाेलीले त्यसलाई नजर अन्दाज गरे वा सत्तामा पुग्ने हतार भाे । उनी फेरि सम्झाैताकाे प्रधानमन्त्री भएका छन् ।

संविधान अध्येयताहरु भन्छन्, ‘स्पष्ट बहुमन नअाए पनि,  जे भए पनि संसदीय दलको नेता चुन्नु पर्दथ्यो । त्यसो गरिएन । उपधारा (२) बमोजिम बहुमत जुटाउने प्रतिनिधिसभाको जुनसुकै सस्य प्रधानमन्त्री हुने हो । संसदीय दलको नेता चुनिएन भने त्यही दलले भोलि फिर्ता बोलाउने हैसियत पनि राख्द छ । कारण उपधारा (२)ले विश्वासको मत जुटाउने प्रतिनिधिसभाको सदस्य प्रधामन्त्री नियुक्त गर्न सकिने कुरा बोल्छ ।’ आशा गरौँ त्यसो नहोला,–जानकारहरुले भनेका छन् ।

अघिल्लो पटक ओली माओवादीकै समर्थनमा सत्तामा पुगे । सम्झौता थियो आलो–पालो प्रधानमन्त्री हुने । तर, पछिल्लो पटक प्रधानमन्त्री हुँदा उनी सत्तामा रहने समय त लम्बियो तर, आलो–पालोले छोडेन । नियति उही भयो । फेरि पनि उनी नयाँ संविधान अनुसार पाँच वर्षे कार्यकाल खान नपाउने शर्तमा प्रधानमन्त्री बनेका छन् । हुन त उनलाई प्रधानमन्त्री नियुक्त हुनेवित्तिकै बाम समर्थक र चिन्तकले‘ नेपालको आर्थिक विकास र समृद्धिको क्षेत्रमा मानकयोग्य काम हुन सकुन्’ भनि शुभकामना दिएका छन् ।

तर, मुलुक नयाँ संरचनामा गएकाले गर्नुपर्ने थुप्रै कामहरु छन् । गठबन्धनको सरकार छ । बाम एकताले तार्किकता पाएको छैन । विभिन्न समस्याकाबीच उनको दोस्रो सत्तारोहण भएको छ । 

ओलीलाई नजिकबाट चिन्दा
जीवनका कयौँ राजनीतिक आरोह अवरोह पार गर्दै मुलुकको ४१ औं प्रधानमन्त्री बनेका केपी ओलीको पूरा नाम हो, खड्गप्रसाद ओली । उनलाई नेपाली  राजनीतिमा ‘केपी शर्मा ओली’भनि चिनाइन्छ । नेपाली नागरिकले पनि केपी शर्मा ओलीकै नामले चिन्छन् ।

राजनीतिमा प्रवेश गरेदेखि नै उनी खरो स्वभावका  । दुई वर्षको अन्तरालमा उनी दुई पटक प्रधानमन्त्री बने । उनको प्रधानमन्त्री बन्नेपालो छिट्टै आयो ।

ओली २०७२ साल असोज २४ गते ओली पहिलो पटक मुलुकको ३८औं प्रधानमन्त्री बनेका थिए । उनको जन्म घर तेह्रथुम । माता राममाया ओली र पिता मोहनप्रसाद ओली । २००८ साल फागुन ११ गते जन्मिएका ओली ६६ वर्ष पुगे । श्रीमती राधिका शाक्य  ।

ओलीका सन्तान भने छैनन् । उनको अहिले बसोबास– सूर्यविनायक नगरपालिका, भक्तपुर । अब प्रधानमन्त्री रहेसम्म बालुवाटारको बसाई । अस्थायी निवास– शरणामती– ६, झापा ।

लाभकाे पद
– २०७४ फागुन ३ गते मुलुकको ४१औं प्रधानमन्त्री
– २०७२ असोज २४ गते ३८औं प्रधानमन्त्री
– २०६३ जेठमा गठित मन्त्रिपरिषदको उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री
– २०५१ मंसीर १४ गते गठित नेपालको पहिलो कम्युनिष्ट सरकारको गृहमन्त्री

राजनीतिक यात्रा
– आवद्ध दल–एमाले
–पार्टी अध्यक्ष –(२०७१ असार १९–२५)मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित
– २०७४– प्रतिनिधिसभा सदस्य निर्वाचित– झापा क्षेत्र नम्बर–५
– २०७०–संविधानसभा सदस्य निर्वाचित – झापा क्षेत्र नम्बर– ७
–लगत्तै एमाले संसदीय दलको नेता निर्वाचित
–२०६४–संविधानसभा सदस्यमा पराजित– झापा क्षेत्र नम्बर– ७
– २०५६– प्रतिनिधिसभा सदस्य– झापा क्षेत्र नम्बर–६ र २, (एमाले) संसदीय दलको उपनेता चयन
– २०५१–प्रतिनिधिसभा सदस्य– झापा क्षेत्र नम्बर–६
– २०४८– प्रतिनिधिसभा सदस्य– झापा क्षेत्र नम्बर–६
– विभिन्न समयमा प्रतिनिधिसभा, मन्त्रिपरिषद् र संविधानसभाबाट गठित विभिन्न आयोग र समितिका जिम्मेवारी लिएको ।
–२०२५ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीको नेतृत्व ।
– २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त ।
– २०२६ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीकोे उप–सचिवको जिम्मेवारी लिएको
– २०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा जिम्मेवारी लिएको ।
– २०४४ पुस २ गतेबाट धादिङमा बसेको तत्कालीन नेकपा (माले) को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी लिएको ।
– २०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी लिएको ।
– २०४७ जेठ १ गते, तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष ।
– २०४९ देखि २०७१ असार मसान्तसम्म नेकपा (एमाले) स्थायी कमिटी सदस्य ।

जेल जीवन
– २०२७ र २०३० का बीचमा पटक पटक गरी १० पटक बढी पक्राउ
– २०३० असोज २३ गतेबाट जेल जीवन प्रारम्भ
– पहिलो पटक रौतहटको गौर जेलमा २ दिन
– त्यसपछि वीरगञ्ज थाना वीरगञ्ज जेल चलान
– २०३० मंसीर ८ गते काठमाडौंको भद्रगोल जेल चलान
– ३ दिनपछि ११ गते केन्द्रीय कारागार–गोलघर चलान
– २०३० मंसीर ११ देखि २०३२ वैशाख १६ केन्द्रीय कारागार गोलघरमा र, त्यसपछि गोलघर बाहिर
– २०३३ साउनमा नख्खु जेल चलान
– २०३३ मंसीरमा केन्द्रीय कारागार गोलघरमै
– २०३६ जेठमा गोलघर बाहिर
– २०३७ चैतमा पुनः नख्खु जेल चलान
– २०३९ माघ ३ मा पोखरा जेल चलान
– २०४२ कात्तिकमा स्याङ्जा जेल चलान
– २०४३ मंसीर ८ मा हनुमान ढोका जेल चलान
– ०४३ माघ १२ मा भद्रगोल जेल चलान
– २०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा
– पञ्चायती व्यवस्थाविरुद्ध संंघर्ष गर्दा २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन
– अन्तिमपटक तत्कालीन राजा ज्ञानेन्द्रले चालेको २०५८ माघ १९ को ‘कू’ मा नजरबन्द ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ