प्रधानमन्त्री बन्न कति हतार ? ओली बल्ल पो संसदीय दलको नेता
प्रकाशित २०७४ फागुन ३ बिहिबार
434
Shares
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको संसदीय दलको नेतामा चयन भएका छन् । अध्यक्ष ओली बिहवार पार्टी संसदीय दलको नेतामा सर्वसम्मत चयन भएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । संसदीय दलको नेता चुनिनु अघि ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।
एमाले केन्द्रीय कार्यालयमा बिहिवार अध्यक्ष ओलीलाई पार्टी नेता माधवकुमार नेपालले संसदीय दलको नेतामा प्रस्ताव गरेपछि उनी सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन् । नेकपा माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।