केपी ओलीले गरे मन्त्रिपरिषद गठन, लालबाबु र थममाया परे पहिलो नम्बरमा
प्रकाशित २०७४ फागुन ३ बिहिबार
543
Shares
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लालबाबु पण्डित र थममाया थापालाई समेटेर मन्त्रिपरिषद गठन गरेका छन् । पण्डितलाई जनसंख्या तथा बातावरण र थापालाई महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
माओवादीबाट सरकारमा जाने मन्त्रीको टुङगो नलागेकाले प्रधानमन्त्री ओलीले एमालेबाटै दुईजनालाई मन्त्री नियुक्त गरेर पहिलो चरणको मन्त्रिपरिषद विस्तार गरे ।
राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताका शपथ लिएसँगै ओलीले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।