arrow

किन ढाँटे अाेलीले सपथ खाँदा राष्ट्रपतिलाई ?

logo
प्रकाशित २०७४ फागुन ३ बिहिबार
oli-safat.jpg

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले, प्रधानमन्त्रीको सपथमै राष्ट्रपति विद्यादेवी भण्डारीलाई ढाँटेका छन् । सपथ गर्ने क्रममा भण्डारीले “ईश्वरको नाममा“ भन्ने शब्दावली उच्चारण गरिन् । एकछिन रोकिइन् ।

प्रधानमन्त्रीको सपथ लिइरहेका ओलीले केही बोलेनन्। राष्ट्रपति रोकिएको देखेपछि ओलीले अघि नै भनिँसकें भने । तर ओलीले यो वाक्यांश उच्चारणै गरेनन् । विश्वव्यापी मान्यता अनुसार सपथ गराउनेले उच्चारण गरेको वाक्य जस्ताको त्यस्तै उच्चारण गर्नुपर्छ । तर ओलीले देश र ईश्वरको नाम पनि उच्चारण गरेनन् ।  

त्यति गरेपछि ओलीले विहिबारै मन्त्रिपरिषद विस्तार गरे । उनको पहिलो नम्बरका मन्त्री बने,-लालबाबु पण्डित र थममाया थापा । लालबाबुले जनसंख्या तथा वातावरण र थममायाले महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

माओवादीबाट भने पहिलो चरणमा ओलीसँग सपथ खान कोही अघि सरेनन् । माओवादी अध्यक्ष नै ढिलोगरी सपथ ग्रहण समारोहमा सहभागि भए भने, अन्य नेताहरु लाखापाखा लागे । 

माओवादीबाट सरकारमा जाने मन्त्रीको टुङगो नलागेकाले  प्रधानमन्त्री ओलीले एमालेबाटै दुईजनालाई मन्त्री नियुक्त गरेर पहिलो चरणको मन्त्रिपरिषद विस्तार गरे ।

पार्टी एकताको विषयलाई सैद्धान्तिक विषयले ओझेलमा पारेपछि एमाले र माओवादीबीच कुरा मिलेन। जुन सपथ ग्रहणमा देखियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ