arrow

चिनियाँ समकक्षीद्वारा ओलीलार्इ बधाई

logo
प्रकाशित २०७४ फागुन ४ शुक्रबार
chinese_PM.jpg

काठमाडौँ । चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङले केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा बधाई ज्ञापन गरेका छन् । 

प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्री लीले बिहीबार बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीको कार्यकालमा चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउनका साथै पारस्परिक लाभका द्विपक्षीय सहयोगका क्षेत्रमा मिलेर काम गर्ने बताएका हुन् ।

सन्देशमा चिनियाँ प्रधानमन्त्रीले ‘एक क्षेत्र एक मार्ग’अन्तर्गत विविध क्षेत्रमा पारस्परिक लाभका क्षेत्रमा सहयोग गरिने पनि बताएका छन् । रासस


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ