arrow

ओलीलाई फेरि सपथ लिन सुझाव 

logo
प्रकाशित २०७४ फागुन ४ शुक्रबार
oli-sapath.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि सपथ लिन सुझाव दिइएको छ । हतारमा बिहिबारको कार्यक्रम सम्पन्न गर्ने क्रममा राष्ट्रपतिसंग पद तथा गोपनियताको सपथ लिने क्रममा भन्नैपर्ने ‘देश’ शब्दसमेत छुटाएका ओलीलाई राप्रपाका अध्यक्ष कमल थापाले फेरि सपथ लिन सुझाव दिएका हुन् । 

उनले सामाजिक संजाल ट्वीटरमा भनेका छन्, ‘अमेरिकी राष्ट्रपति ओवामाले शपथमा सामान्य त्रुटि हुंदा भोलिपल्ट आफ्नै कार्यकक्षमा दोहोर्याएर शपथ लिएका थिए। प्रम केपी ओलीले शपथमा ‘देश’ शब्द उच्चारण गर्न छुटाउनु भयो। निश्चय नै यो नियतवश होईन। त्यसर्थ राष्ट्रपति समक्ष पुनः शपथ लिई अभिलेख सच्याउन सल्लाह दिन्छु। शपथमा देश छुट्नु राम्रो होईन ।’

ओलीले ईश्वरको नाम नलिन खोज्दाखोज्दै देशसमेत भन्न भुलेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जे भन्यो त्यही सपथ लिनुपर्नेमा उनले ईश्वर शब्द छल्न खोज्दा देश पनि छले । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ