arrow

सरकारले संविधान विपरीत काम गरे प्रतिवाद गर्छौं : प्रकाशमान

logo
प्रकाशित २०७४ फागुन ४ शुक्रबार
prakashman-singh.jpg.jpeg

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वाम गठबन्धनको सरकार बनिसकेको भन्दै काँग्रेस जिम्मेवार प्रतिपक्षका रुपमा बस्ने बताएका छन् ।

नेपाल शिक्षक संघ काठमाडौँको आठौँ जिल्ला अधिवेशनलाई शुक्रवार डिल्लीबजारमा उद्घाटन गर्दै उनले संविधानबमोजिम काम गरे सहयोग गर्ने र संविधानविपरीत काम गरे प्रतिवाद गर्ने बताए । “प्रजातान्त्रिक पद्धतिअनुसार काँग्रेस निर्वाचन सम्पन्न गरेको छ, जनताको जनादेशलाई सम्मान गरेर काँग्रेस जिम्मेवार प्रतिपक्षमा बस्छ”, उनले भने ।

पूर्वमहामन्त्री सिंहले पार्टी संस्थागतरुपमा चल्न नसक्दा पार्टी कमजोर भएको र पार्टीको छवि बिग्रँदै गएको बताए ।

नेता सिंहले सामुदायिक विद्यालय र निजी विद्यालयको शिक्षामा दूरी बढ्दै गएको भन्दै निजी विद्यालयसरह शिक्षा दिन सामुदायिक विद्यालयका शिक्षक लाग्नुपर्ने उल्लेख गरे। समाजलाई सकारात्मक दिशातर्फ लैजान शिक्षकको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

उनले गुणस्तरीय, प्रविधियुक्त शिक्षा अहिलेको आवश्यकता भएको भन्दै उक्त शिक्षाका लागि नेपाल शिक्षक संघले पहल गर्नुपर्ने बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ