बालुवाटार छोडेसँगै फुर्सदिला भए देउवा, के गरे आज ?
प्रकाशित २०७४ फागुन ५ शनिबार
436
Shares
काठमाडौं । प्रधानमन्त्रीबाट राजीनामासँगै बालुवाटारस्थित सरकारी निवासबाट शुक्रवार बुढानिलकण्ठस्थित आफ्नै घर फर्किका काँग्रेस सभापति देउवा शनिवार फुर्सदिलो बनेका छन् । बिहान सवेरै उठेका देउवाले साढे ७ बजे ब्रेकफाष्ट खाए । ब्रेकफाष्टमा कालो चिया र सामान्य टोष्ट लिए ।
आफ्नै सरकारका कानूनमन्त्री यज्ञ बहादुर थापा सहितका कार्यकर्ताहरु बिहान ८ बजेतिर देउवासँग भेटघाट गर्न बुढानिलकण्ड पुगेका थिए। उनीहरुसँग केहीसमय भलाकुसारी गरे, सामान्य । त्यसपछि देउवा, थलिएर नर्भिक अस्पताल भर्ना भएका काँग्रेस नेता खुड्कालाई भेट्न पुगे । खड्काको स्वास्थ्य अबस्था बुझेपछि देउवा निवास फर्किए।
दिउँसो १२ बजेतिर खाना खाए । माछा शौखिन देउवाको घरमा आज मासु पाकेन । त्यसैले सादा खाना दालभात तरकारी खाए । देउवालाई खासमा दूध दही मन पर्दैन । त्यसैले उनले आजको खानामा दुग्ध जन्य पदार्थ लिएनन् ।
प्रधानमन्त्री पदको लछारोबाट मुक्त भएका देउवाले आज हलुका महसुस गरेको, उनका स्वकीय सचिव भानु देउवाले महसुस गरेका छन् । आजको दिन परिवारसँगै विताउने योजना भए पनि श्रीमती डा आरजु घर बाहिर निस्किएकी छन्, व्यक्तिगत कामको लागि । तर उनी काठमाडौं बाहिर भने गएकी होइनन् । देउवा अहिले आराम गरेर बस्दैछन् ।