arrow

ट्याक्टरले ठोक्यो मोटरसाइकललाई, २ जनाको मृत्यु

logo
प्रकाशित २०७४ फागुन ६ आइतबार
accident-final.jpeg

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालीका ११ सरस्वती खोला नजिकै शनिबार बेलुकी पौने ८ बजे ना ३ त ६०२७ नम्बरको ट्याक्टरले ना ४७ प ३८२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक नवलपरासी सुनौली नगरपालीका ८ का २६ बर्षिय प्रेम बहादुर क्षेत्री र पछाडी सवार अन्दाजी २२ बर्षिया युवतीको उपचारको क्रममा चुरेहिल अस्पताल हेटौंडामा मृत्यु भएको हो । 

मृतक युवतीको भने सनाखत हुन बाँकी रहेको छ । दुर्घटना पश्चात् फरार रहेका ट्याक्टर चालकको खोजी भैरहेको प्रहरी चौकी लेवर्ट मकवानपुरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ