arrow

मापसेलाई कहिलेसम्म छुट ? कहिले सुध्रिन्छ सिस्टम ?  

logo
प्रकाशित २०७४ फागुन ६ आइतबार
mapase1.jpg

काठमाडौं । मादक पदार्थ सेवन मापसे गरी सवारी चलाउन पाइन्न । तर त्यो क्रम रोकिएको छैन । मापसे गरे ट्राफिक प्रहरीले सवारी र चालकको लाइसेन्स लिन्छ । अनि मापसेको क्लास लिएर जरिवाना तिरेपछि सबै चिज फिर्ता हुन्छ । 

के यही क्लासमात्र दिएर बस्ने हो ट्राफिकले ? मापसे गर्दा त्यसले पुर्याउने क्षतिको हिसाबकिताब हुनै सकेको छैन । 

मापसे गर्न हुन्न भन्ने थाहा पाएर पनि सवारी चलाउनलेलाई किन छुट ? त्यस्तोको लाइसेन्स खारेज गर्न किन हिच्किचाइन्छ ? 

शनिबार (फागुन ५) मा मात्र काठमाडौं उपत्यकाबाट मापसेका ११२ वटा घटनामा कार्वाही भएको छ । 

त्यसैगरी लेन अनुशासन उल्लंघनमा १६, निषेधित स्थानमा पार्किङमा ५९, हर्न कारबाहीमा १०, र अन्य कार्वाही ९६३ गरी ११६० कार्वाही भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

सीसीटीभी हेरेर कार्वाही गर्ने हो भने लेन अनुशासनमा हजारौं सवारी साधन कार्वाहीमा पर्छन् । 

सार्वजनिक यातायातका अधिकांश गाडीले ट्राफिकलाई नदेखेका खण्डमा लेन अनुशासन तोड्छन् । दुई पाङ्ग्रे सवारी साधन पनि ओभरटेकका नाममा अनुशासन तोड्छन् । 

ट्राफिक प्रहरी अनुशासनको पाठ पढाउनै सक्दैन । लाइसेन्स लिँदाका चलखेलहरु बाहिर आउँदा पनि त्यसलाई नियन्त्रण गर्न प्रहरी असफल देखिएको छ । 

उपत्यका प्रहरी कार्यालयले मातहतका प्रहरीहरुलाई कुनै अनियमित कार्यमा देखिए कार्वाही गर्ने जनाएको छ । 

प्रहरीभित्रै देखिएको यो अन्योलले कसरी सर्वसाधारणलाई कार्वाही गर्न सक्ला ? 

शनिबार प्रहरीहरुबीच दुई घण्टासम्म सचेत गराउन कार्यक्रम भएको थियो । तर के त्यो सचेत कार्यक्रम गर्दैमा ठेगान लाग्छ ? 

नियम पालना पहिले प्रहरीले गर्नुपर्यो अनि नागरिकलाई गर्न लगाउनु पर्यो । प्रविधिको प्रयोग गरेर नियम तोड्ने विरुद्ध कडा कार्वाही गर्नुपर्यो । 

त्यतिमात्र होइन नियम सवैलाई बराबरी लाग्नुपर्छ । काखा र पाखाको सिद्धान्त बन्द गर्नुपर्छ । 

ट्राफिकले सबैलाई मापसे चेक गर्न सक्दैन । गरेकामा पनि कतिपय भनसुनमा छुट्छन् । 

क्लास लिएर न्युनतम शुल्क तिरेर हुन्छ भने नियम तोड्न उद्दतहरुले बारम्बार नियम तोडेका हुन्छन् । 

पटक पटक मौका दिन अवश्य पनि दुर्भाग्य हो । 

सिष्टम सुधार गर्नै पर्यो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ