पूर्वराजाको शुभकामनामै नेताहरुलाई खवरदारी, मागे हिसावकिताब !
प्रकाशित २०७४ फागुन ७ सोमबार
370
Shares
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक परिवर्तनका सन्दर्भमा दलहरुले गरेको बलमिच्याँइप्रति गम्भीर आपत्ति प्रकट गरेका छन् ।
६८ औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्व राजाले नेताहरुले कानुनी राज एवं सुशासनको प्रत्याभूति दिलाउन नखोजेको आरोपसमेत लगाए ।
उनले प्रजातन्त्रका नाममा नेताहरुले मुलुक र जनतालाई धोका दिएको आरोपसमेत लगाएका छन् ।
उनले प्रजातन्त्र भनेको निर्वाचनहरुको आयोजना मात्र हो भन्ने भ्रम राखिनु हुन्न भन्दै देशको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकतालाई सबल तुल्याउँदै जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर व्यवहार गर्ने व्यवस्थामात्र प्रजातान्त्रिक हुन सक्छ भनेका छन् ।
सन्देशमा ‘०६३ साल बैशाख ११ गते हामीमा निहीत राजकीय सत्ताको प्रयोग गरी भएको राजनीतिक परिवर्तनपछिको दशकमा देश र जनताका हितप्रति संवेदनशील एवं जिम्मेवार व्यवहार प्रस्तुत भइरहेको छ या अझै केन्द्रित सोचको पासोमा देशको राजनीति अल्झिएको छ त्यसको समीक्षाको समय आएको छ’ भनिएको छ ।
उनले नेताहरुलाई के के गर्यौ त्यसको हिसाबकिताब देउ भन्ने भावना नै व्यक्त गरेका छन् ।
पूर्वराजाबाट ‘सबै नपालीको भावना समेट्ने र देशको राष्ट्रियता एवं राष्ट्रिय एकता समृद्ध बनाउने साधनको रुपमा प्रजातन्त्र प्रयुक्त हुने अवस्था बन्न सकोस् भनिएको छ ।’
पूर्वराजाको सन्देशमा ‘प्रजातन्त्रलाई संस्थागत गर्ने या समस्याहरुको समाधान खोज्ने क्रममा भएका कुनै पनि राजनीतिक सम्झौता, सहमति या समझदारीमा देशको गौरब बढाउने विषयले किन पाएन, यो वर्तमानमा जनतामा ज्वलन्त प्रश्न उब्जिएको छ’ भनिएको छ ।