arrow

देउवा सरकारले गरेका निर्णय उल्टाए राजनीतिक संस्कार बिग्रन्छ : भीमसेनदास

logo
प्रकाशित २०७४ फागुन ७ सोमबार
bhimsen-das-pradhan1.jpg

काठमाडौं । पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले वर्तमान सरकारले देउवा नेतृत्वको अघिल्लो सरकारले गरेका निर्णय उल्टाउने नियत लिए राजनीतिक संस्कार बिग्रने बताएका छन ।  आंशिक प्राध्यापक संघको राष्ट्रिय भेलाको सोमबार राजधानीमा उद्घाटन गर्दै प्राध्यापक संघका पूर्व अध्यक्ष समेत रहेका प्रधानले देउवा सरकारले गरेका निर्णय उल्टाउने रणनीति लिएर वर्तमान सरकार अघि बढे राजनीतिक संस्कार बिग्रने बताएका हुन ।

‘अघिल्लो सरकारले गरेका निर्णय उल्टाउने अभिव्यक्ति मन्त्रीहरुबाटै आइरहेका छन, यसले राजनीतिक संस्कारलाई नै बिगार्छ, सरकार बन्छन जान्छन, संस्कार बिर्गानु हुँदैन ।’ मन्त्री प्रधानले भने ।
उनले अघिल्लो सरकारले राष्ट्रिय सभाका लागि गरेको सिफारिस समेत खारेज गर्न नहुने बताए ।

 त्यस्तै आफुले मन्त्रीपरिषद्‍बाट स्वास्थ उपचार खर्च वापत आफैंले रकम माग गरेको भन्ने समाचार सत्य नभएको भन्दै प्रधानले राज्यका विशिष्ट पदमा रहेका व्यक्तिहरु पदमा नै रहँदा बिरामी परेको अवस्थामा सरकारले केही खर्च व्यहोर्ने परम्परा रहँदै आएको स्पष्ट पारे ।

उनले आफ्नो सन्दर्भमा सरकारबाट उपचार बापत लाग्ने रकम व्यहोर्ने भन्ने निर्णय भने भएको जानकारी दिए । ‘मैले उपचारमा लाग्ने खर्च मागेको होइन, सरकारले मेडिकल बोर्डको सिफारिसपछि दिने निर्णय गरेको हो, त्यो रकम मैले लिने पनि होइन राजदुतावास मार्फत सिधै अस्पतालमा नै जाने हो,’ प्रधानले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ