arrow

तीनकुनेमा सेनाको डिस्पोजल टोली आइपुग्यो

logo
प्रकाशित २०७४ फागुन ८ मंगलबार
army1.jpg

काठमाडौं । काठमाडौंको तीनकुनेमा बम भएको आशङ्कामा सेनाको डिस्पोजल टोली पुगेको छ ।  तीनकुनेको बाग्मती पुलमा सडक छेउ  बेबारिसे कालो व्याग भेटिएपछि सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको हो ।

बेबारिसे कालो व्याग भएको स्थानको तल तीनकुने प्रहरी चौकी रहेको छ ।  अहिले सो स्थानमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।  

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आब्हान गरेको नेपाल बन्दका क्रममा तर्साउनका लागि मुलुकका विभिन्न ठाउँमा बम राखिएको छ ।  सो वस्तु पनि विप्लव नेकपाले राखेको आशङ्का गरिएको छ ।  उक्त वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ