- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । काठमाडौंबाट दाङ जादै गरेको बसमाथी कपिलवस्तुमा पेट्रोल बम प्रहार भएको छ । कपिवलस्तुको शिवराज नगरपालिका वडा नं. ३ को सुपादेउराली चोकमा बसमा अज्ञात समूहद्धारा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ ।
अज्ञात समूहले प्रहार गरेको पेट्रोल बमबाट बसमा सवारी १२ जना यात्रु घाइते भएका छन । काठमाडौंबाट दाङका लागि छुटेको ना ५ ख ७९१० नम्बरको बसमा बम प्रहार भएको हो ।
बम प्रहारवाट घाइतेहरुको संजिवनी सामुदायिक अस्पताल चन्द्रौटामा प्राथमिक उपचार पछि बुटवल रिफर गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख झविन्द्र भट्टराईले जानकारी दिए ।