arrow

राष्ट्रपतिको निर्णय असंवैधानिक रहेको तरुण दलको ठहर, राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाइने

logo
प्रकाशित २०७४ फागुन ८ मंगलबार
jitjungbasnet.jpg.jpeg.jpeg

काठमाडौं। राष्ट्रिय सभाको ३ जना सदस्य सिफारिसका सन्दर्भमा निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिसलाई अध्ययनको नाममा लत्याएर वर्तमान केपी ओली नेतृत्वको सरकारले गरेको सिफारिसलाई तत्काल कार्यान्वयनका लागि निर्णय गर्ने राष्ट्रपतिको कदम विरुद्ध तरुण दल आन्दोलित भएको छ। 

राष्ट्रिय सभा सदस्य सिफारिस सम्बन्धि नेपाल सरकारको निर्णय तथा सिफारिसलाई वेवास्ता गरी मिति २०७४ वैशाख ८ गते गरिएको निर्णयलाई नाटकीय भएको उल्लेख गर्दै तरुण दलले राष्ट्रपतिको कदमलाई असंबैधानिक करार दिएको छ। 

दलले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै त्यसप्रति दलको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। समग्र राष्ट्र र संविधानको अभिभावकको भुमिकामा रहेका राष्ट्रपति स्वयले पदिय मर्यादाको गरिमालाई भुलेर दल बिशेष इच्छा एवम् स्वार्थ पुर्ति गर्ने कार्य भएको ठहर नेपाल तरुण दलको छ। 

नेपालको कानुन र संविधानको मर्मकाप्रति राष्ट्रपतिको कर्तब्यका सम्बन्धमा उनलाई झक्झकाउने आवश्यकता महसुस गरि दलले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिए। 

फागुन ९ गते बुधवार दिनको ठिक ३ बजे राष्ट्रपति भवन सितल निवासमा राष्ट्रपतिका कदम बिरुद्ध राष्ट्रपतिलाई नै ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेको अध्यक्ष बस्नेतले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ