arrow

रुकुममा वर्षौ देखीको खानेपानी समस्या समधान

logo
लोकेन्द्र खनाल
प्रकाशित २०७४ फागुन ९ बुधबार
tap-water.jpeg

रुकुम। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ८ की रमिता खड्कालाई एक वर्ष पहिलेसम्म एक गाग्री पानी दैनिक दुई घण्टाको पैदल हिडेर ल्याउनुपर्ने बाध्यता थियो । गाउँमा खानेपानीको सुविधा नहुँदा उहाँ खानेपानीकै लागि दैनिक दुई घण्टा हिड्नुपर्ने अवस्था थियो । 

सोहि गाउँकी सिता ओलीलाई पनि त्यस्तै समस्या थियो । उहाँ पनि एक गाग्री पानीको लागि गाउँभन्दा एक किलोमिटर टाढा रहेको खोलाबाट पानी ल्याउने गर्नुहुन्थ्यो । तर अहिले रमीता र सिता जस्तै यो गाउँका सबैको खानेपानीको समस्या समधान भएको छ । 

यस वडामा रहेका ५० घरधुरीमा अहिले प्रत्येकको घरमा खानेपानीका धारा निर्माण भएको छ । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुकुमको आर्थिक तथा प्राविधि सहयोगमा एक घर एक धारा निर्माण अभियान अन्तरगत यहाँका घर घरमा खानेपानी पु¥याएको छ ।  

गाउँमा खानेपानीको समस्या रहेको आफुहसँग गुनासो आएपछि रु २५ लाखको लगानीमा गाउँभन्दा १८ सय मिटर टाढाबाट खानीपानी पु¥याएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुकुमका प्रमुख विकेश बधानथाच्छे बताउनुभयो । अहिले प्रत्येकको घरमा दिनभरी नै शुद्ध खानेपानी आउने गरेको छ । 

वर्षाै देखी खानेपानीको अभाव हुँदै आएको गाउँमा घर घरमा नै खानेपानी पुगेपछि स्थानीयहरु निकै खुशी भएका छन् । आफुहरुले वर्षाै देखी झेल्दै आएको समस्याको समधान भएको खानेपानी निर्माण उपभोक्ता समितिकी अध्यक्ष टिकादेवि खड्काले बताउनुभयो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ