arrow

प्रमुख नहुँदा मन्थली नगरपालिकाको काम ठप्प

logo
बद्री नयाँघरे,
प्रकाशित २०७४ फागुन ९ बुधबार
Ramechhap-hamrakura.jpg.jpeg

रामेछाप । मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आत्माराम सत्याल एक हप्ता अघि विदामा बसेपछि मन्थली नगरपालिकावाट सम्पादन हुने सबै काम ठप्प भएका छन् । प्रमुख सत्याल कार्यालयका कर्मचारी र नगरपालिकाका प्रमुख समेतलाई जानकारी नै नदिई लामो समयदेखि विदामा रहदा नगरपालिकाको सबै काम ठप्प भएको हो । १४ वटा वडा तथा जिल्लाकै सबैभन्दा ठूलो स्थानीय तहको रुपमा रहेको मन्थली नगरपालीकाका प्रमुख गैर जिम्मेवार तरिकाले विदा लिएर हिँडेपछि कार्यालयमा पुग्ने सबै सेवाग्राहीहरुले दिनहुँ हैरानी व्यर्होनु परेको छ । 

प्रमुख प्रशासकीय अधिकृतबाट सम्पादन हुने सडक, खानेपानी, सिञ्चाई, स्वास्थ्य जस्ता विकास निमार्णका दर्जनौं काम तामेलीमा रहनाले कार्यालयमा आउने सेवाग्राहीहरु दिनहुँ खाली हात पर्खनु परेको गुनासो गर्दै आएका छन् । मन्थली नगरपालिका वडा नं १३ फुलासीका बुद्ध लामाले सरकारको कमजोर नितिका कारण आफूजस्ता सयौं सर्वसाधारणहरु नगरपालिकाको कामवाट प्रभावित भएको बताए । 

गाउँमा निमार्णाधीन सडकको रकम हिसाव मिलानको लागि तीन दिनदेखि नगरपालिकामा धाएको बताउने लामाले प्रमुख प्रशासकीय अधिकृतको लापरवाहीले निर्वाचित जनप्रतिनिधि र स्थानीय सरकारको खिल्ली उडाएको बताए । उनले भने यसबारेमा नगरप्रमुखसँग भेटेर कुरा गर्दा उनले पनि प्रमुखकै कारण काममा समस्या भएको र त्यसको निराकरणको लागि आफु निरन्तर लागि रहेको आश्वासन मन्त्रालयवाट पाएको वताए । 

स्थानीय निकायको निर्वाचनवाट हौसिएका सर्वसाधारणहरु स्थानीय सरकारको गठनपछि विकास तथा जनपक्षीय कामले गति लिने अपेक्षामा थिए । तर, सदरमुकाम भित्र रहेको मन्थली नगरपालिकाका प्रमुखको काम गराइले अन्य पालिकामा समेत त्यसको प्रत्यक्ष असर पर्ने अनुमान सरोकारवालाहरुले गरेका छन् । 

श्रोतका अनुसार प्रशासकीय प्रमुख आत्माराम सत्याल र नगरपालिका मेयर रमेश वस्नेतबीच दुई महिनाअघिदेखि काम गर्ने तौरतरिकाका बारेमा सामान्य मनमुटाव भएको थियो । परिणाम प्रमुख सत्यालले मेयर बस्नेतलाई अप्रत्यक्ष रुपमा असहयोग गर्न थालेका थिए । पछि दुवैको मनमुटाव झाँगिदै गएपछि प्रमुख सत्याल कार्यालयका कर्मचारी र मेयरलाई जानकारी गराउनुको सट्टा स्थानीय विकास मन्त्रालयवाट विदा स्विकृती गराएको जानकारी पत्र नगरपालिकामा पठाएका थिए । जसका कारण मन्थली नगरपालिका विगत एकहप्तादेखि प्रमुख विहिन भएको छ । 

प्रशासकीय प्रमुखको अनुपस्थितीका कारण सर्वसाधारण नागरिकलाई परेको मर्काको वारेमा मन्थली मेयर रमेश कुमार वस्नेतसँग सम्र्पक गर्दा उनले प्रमुख सत्यालले आफू र कार्यालयलाई विना जानकारी केन्द्रवाट विदा स्विकृत गरेको स्किारे । जसकाकारण सर्वसाधारणको काम प्रत्यक्ष असर परेको छ । आफूले प्रमुखको अनुपस्थिती र नागरिकलाई परेको असरका वारेमा मन्त्रालयलाई जानकारी गराउँदै पटक पटक ताकेता गर्दा पनि स्थानीय विकास मन्त्रालयले नगरप्रमुखलाई नपठाएको बताए । मैले मन्त्रालयमा पुगेर सचिव सँगै भेट गरी आफ्नो कार्यकारीको कामकारवाहीको वारेमा जानकारी गराएका थिए । तर अहिलेसम्म मन्त्रालयले प्रमुखको व्यवस्था गर्न नसक्नुले त्यसको रिजल्ट सर्वसाधारणले भोग्नु परेकोमा आफुलाई समेत दुःख लागेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ