arrow

प्रधानन्यायाधीशद्वारा महान्यायाधिवक्ता खरेललाई शपथ

logo
प्रकाशित २०७४ फागुन ९ बुधबार
agni_kharel.JPG

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । 

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । 

सरकारको मुख्य कानुनी सल्लाहकारका रुपमा रहने महान्यायाधिवक्ता पदमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले खरेललाई मंगलबार नियुक्त गरेको थियो । महान्यायाधिवक्ता खरेलले आजै पदबहालीसमेत गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ