arrow

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता, के भयो कुरा ?  

logo
प्रकाशित २०७४ फागुन १० बिहिबार
oli-dahal-bhet-baluwa-@@.jpg.jpeg

काठमाडौँ । मन्त्रिमण्डल विस्तार र पार्टी एकता प्रक्रियाबारे नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता जारी रहेको र त्यसलगत्तै दुई दलको संगठन तथा राजनीतिसम्बन्धी कार्यदलको बैठक बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 

कूल दलले कुन कुन र कति मन्त्रालय लिने भन्ने विषयमा उनीहरुबीचको छलफलले निष्कर्ष निकालेमा सम्भवतः आजै मन्त्रिमण्डल विस्तार हुनेछ । यही फागुन ३ गते नयाँ सरकार गठन भएपनि हाल मन्त्रिमण्डलमा प्रधानमन्त्रीबाहेक एमालेका दुई सदस्यमात्र छन् ।

माओवादी केन्द्रले पार्टी एकता प्रक्रियाले मूर्तरुप लिएपछि आफू सरकारमा जाने भनेपछि यही फागुन ७ गते पार्टी एकताको सातबुँदे प्रारम्भिक आधारमा सहमति भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ