जिप दुर्घटना हुँदा ४ जना को मृत्यु ,५ जना गम्भिर घाईते
नविन कुमार शर्मा,
प्रकाशित २०७४ फागुन १० बिहिबार
653
Shares
दैलेख। दैलेख वजारबाट महावु गाँउपालिका जादै गरेको लु १ ज. ३५३२ नम्बरको जिप महावु गाउँपालिका वडा नं. ४ को ओखलढुंगा भन्ने स्थानमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा मृत्यु भएको छ भने ५ जना गम्भिर घाईते भएका छन।
मृत्यु हुनेमा महावु गाउँपालिका ५ का ३५ वर्षिय श्रवण शाही, महावु गाउँपालिका ६ कि २२ वर्षिय निर्मला पाण्डे विष्ट सोहि वडाकि २९ वर्षिय निर्मला सिंह र विरेन्द्रनगरपालिका सुर्खेतका ३० वर्षिय तिलक ढकाल रहेका छन। घाईते महावु गाउँपालिका ५ का योकेन्द्र शाही, महावुगाउँपालिका १ का चालक वखत थापा, नारायण नगरपालिका २ का रमेश थापा, नारायण नगरपालिकाका कर्ण वहादुर मल्ल छन भने अर्का एक जनाको नाम खुलेको छैन। जम्मा ९ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अहिले घाईते हरुलाई जिल्ला अस्पताल दैलेखमा उपचारको लागी ल्याउदै गरीएको छ।
दैलेख वजारबाट गएको जिप ओखलढूगा भन्ने स्थानमा उकालो बाटोमा चढन नसकेर पछाडी गुडेपछि भिरबाट करिव सय मिटर तल खसेको स्थानीयले वताएका छन। लाशलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।