arrow

मुख्यसचिव कुटपिट प्रकरणमा केजरीवालको निवासमा छानविन गर्दै प्रहरी 

logo
प्रकाशित २०७४ फागुन ११ शुक्रबार
kejariwal_photo.jpg

काठमाडौं । दिल्लीका मुख्य सचिव अशु प्रकासमाथि भएको भनिएको कुटपिट प्रकरणबारे थप अनुसन्धानको लागि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको घरमा प्रहरीले अनुसन्धान गर्ने भएको छ । गत सोमबार केजरीवालको घर बाहिर भएको भनिएको सो आक्रमणका आक्रमणकारी पत्ता लगाउनको लागि केजरीवालको घरमा प्रहरी पुग्न लागेको हो ।

दिल्ली प्रहरी शुक्रबार जुनसुकै समयमा पनि केजरीवालको घर पुगेर अनुसन्धान सुरु गर्न सक्ने बताईएको छ । यसरी प्रहरी त्यहाँ जानुको अर्थ भनेको नै घटना घटेको भन्ने ठाउँको सिसिटिभी फुटेज लिनको लागि प्रहरी मुख्यमन्त्री निवास जान लागेको हो । 

सोमबार मध्यरातमा मुख्यमन्त्रीको निवासमा पुगेका मुख्यसचिवमाथि आक्रमण भएको भनिएपछि दिल्लीका पिडब्लूडीले कार्यालयको सिसिटिभी फुटेज माग गरेको थियो । तर, मुख्यमन्त्री कार्यालयले फुटेज नपठाएपछि प्रहरी जवर्जस्त सिसिटिभीको लागि मुख्यमन्त्रीको कार्यालयमा छापा मार्ने तयारीमा रहेको हो । 
एजेन्सीको सहयोगमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ