arrow

राष्ट्रपति विरूद्द नेविसंघ पनि सडकमा 

logo
प्रकाशित २०७४ फागुन ११ शुक्रबार
nsu-street-dujang.jpg

काठमाडौ। राष्ट्रिय सभामा मनोनित गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले अभिभावकीय भुमिका भन्दा पनि पक्षपातपूर्ण व्यवहार गरेको भन्दै नेपाल विद्यार्थी संघ पनि सडकमा आएको छ। 

नेपाल तरुण दल सहितका काँग्रेसका भातृ संस्थाहरु राष्ट्रपतिको कदम विरुद्ध सडकमा आएसँगै नेविसंघ केन्द्रीय समिति र विभिन्न क्याम्पसस्तरमा पनि नेविसंघ प्रदर्शनमा उत्रिएको हो। 

राष्ट्रपति विद्या देवि भण्डारीको कदम विरूद्द शंकरदेव क्याम्पसमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन।  

जुलुस पछिको कोण सभालाई सम्वोधन गर्दै नेविसंघका नेता दुजाङ शेर्पाले राष्ट्रपतिलाई सच्चिन आग्रह गरे । उनले राष्ट्रपतिले राजनीति आग्रह राख्न नहुने भन्दै निर्णय नसच्याए थप कडा आन्दोलनमा उत्रने चेतावनि दिए ।

राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गरेको सिफारिस कार्यान्वयन नगरेको भन्दै नेविसंघ सडकमा उत्रेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ