arrow

गठबन्धनको सरकार दीर्घकालीन नहुने अवस्था देखिएको छ : देव गुरुङ

logo
प्रकाशित २०७४ फागुन ११ शुक्रबार
Dev-Gurung-450x320.jpg

भक्तपुर । माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य देब गुरुङले गठबन्धनको सरकार दीर्घकालीन नहुने अवस्था देखिएको बताएका छन् । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता गुरुङले जनादेश समेत पार्टी एकताको पक्षमा रहेको अबस्थालाई मध्यनजर गर्दै केही भ्रामक आवाज उठेकोले दीर्घकालीन अवस्था नदेखिए पनि पार्टी तत्काल सरकारमा सहभागी जनाउने बताए । 

अबको १५ दिनभित्र दुई पार्टी एकताले पूर्णता पाउने उनले बताए । दलहरुबीच निषेधको राजनीतिले तिब्रता पाएको उनले बताए । उनले राष्ट्र र राष्ट्रियताको बिषयमा पक्ष प्रतिपक्ष नभएर बामगठबन्धन र काँग्रेस एक ठाउँमा उभिने बताए । सरकारमा मधेशबादी दल समेत समाबेश हुन सक्ने वाताबरण तयार भइरहेको उनले बताए । उनले जनअपेक्षा र समयको माग अनुसार संबिधान संसोधन समेत गर्नं सकिने बताए । 

नेपालमा बैदेशिक हस्तक्षेप प्रत्यक्ष नभई आर्थिक हिसाबले तीब्र बढिरहेकोप्रति संकेत गर्दै उनले बिदेशीले सरकारका हरेक निर्णय र नीतिहरु आफ्नो पक्षमा  पार्न प्रयत्न गर्दै आइरहेकोले अबको सरकार यस बिषयमा गम्भीर हुनुपर्ने बताए । देश संघीयतामा प्रवेश गरिसकेको र प्रान्तको आर्थिक भार धान्न अप्ठेरो अवस्था देखिएको उनले उल्लेख गरे । 

देशलाई आर्थिक रुपमा कङ्गाल बनाएर काँग्रेसले सत्ता छाडेको आरोप लगाएका छन् । उनले निर्वाचन पछि पराजय भोगेको कामचलाउ सरकारले दुरगामी असर पार्ने निर्णय गर्दै देशलाई आर्थिक रुपमा कङ्गाल पारेको आरोप लगाएका हुन् । उनले बिगतमा पाँच खरब भन्दा बढी रकम जम्मा हुने यो समयमा पनि एक खरब रकम घाटामा भएको उल्लेख गरे ।

उनले आईतवारसम्म मन्त्रीमण्डलले पूर्णता पाउने बताए । माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जाने र आफूलाई पार्टीले मन्त्री बनाए पाएको जिम्मेवारी पुरा गर्ने उनले बताए ।अबको १५ दिनभित्र दुई पार्टी एकताले पूर्णता पाउने उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ