arrow

फेरि शुरु भयो बालुवाटारमा भोजको श्रृङखला, बर्थ डे सहितको ओलीको भोजमा लाखौंको खर्च

दिउँसो केक पार्टी, साँझ ककटेल पार्टी

logo
प्रकाशित २०७४ फागुन ११ शुक्रबार
kp-birthday-cake.jpg

काठमाडौं। प्रधानमन्त्री केपी ओली वालुवाटार प्रवेशसँगै भोजको श्रृङखला शुरु भएको छ। पछिल्लो तीन दिनमा प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवासमा दुई वटा भोज दिएका छन्। पहिलो भोज फागुन ८ गते दिएका ओलीले शुक्रवार ११ गते भने आफ्नो जन्मदिनको अवसरमा भोज दिएका हुन्।  

पहिलो भोज एमाले र माओवादीविच पार्टी एकताका लागि सहमति भएको खुसीमा उनले पार्टीका नेताहरुलाई बोलाएर फागुन ७ गते भोज दिएका थिए भने प्रधानमन्त्री ओलीले दोस्रो भोज आफ्नै जन्मदिनमा दिए। आफ्नो जन्मदिनको अवसर पारेर प्रधानमन्त्री ओलीले शुक्रवार रात्रिभोज दिएका हुन्। दिउँसो भने ओलीले केक काटेर पार्टी नेता कार्यकर्ता र आफन्तहरुलाई खुवाएका थिए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च पदमा बसेका व्यक्तिले फजुल खर्च गर्न नपाउने आचारसंहिता विपरित आफ्नो ६७ औ जन्मदिन सरकारी निवास बालुवाटारमा भव्य पार्टीका साथ मनाएका हुन् । 

अपरान्ह ४ वजे सुरु भएको ओलीको जन्म दिनको पार्टी खान बालुवाटारमा रहेको प्रधानमन्त्रीको निजी सचिवालयको हलमा विभिन्न मन्त्रालयका सचिव, राजनीतिक दलका नेताहरुदेखि एमाले कार्यकर्ताहरुको भीड लागेको छ।

ओलीको जन्मदिन मनाउन बालुवाटारमा ५ सय जनालाई बोलाईएको सचिवालयले जनाएको छ। ओलीको भोजको अनमोल क्याटरिङले खानाको व्यवस्था गरेको छ।

ओली प्रधानमन्त्री भएको दश दिनमा दिन दिनै जस्तो विभिन्न बहानामा साना ठूला भोजहरु हुदै आएको छ । पछिल्लो दश दिनमा मात्रै भोजमा करिव ५० लाख रुपैया सकिएको प्रधानमन्त्री कार्यालय स्रोतको दावी छ । 

ओलीको जन्म दिनको भोजमा अनमोल क्याटरिङले ह्विस्की, वियर र वाइनको समेत व्यवस्था गरेको छ । भोजमा विभिन्न मन्त्रालयका दर्जनभन्दा बढि सचिवहरु समेत सहभागी छन् ।

सरकारी निवासमा प्रधानमन्त्रीले दिने दिवाभोज, रात्रिभोज र अन्य खाजा खर्च सरकारी कोषबाट भुक्तानी हुने गर्दछ । अघिल्लो पटक सरकारको नेतृत्वमा रहँदा पनि ओलीले सरकारी कोष खर्चेर कैयन भोज दिएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ