arrow

राष्ट्रपतिको कदम बिरुद्ध बझाङ तरुण दलको बिरोध

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७४ फागुन १२ शनिबार
tarun-dan-bajhang.jpg

बझाङ। राष्ट्रपति बिद्या देबी भण्डारीले बर्तमान संबिधानको उल्लघंन गरेको आरोप लगाउदै नेपाल तरुण दल बझाङले बिरोध गरेको छ। शुक्रबार सदरमुकाम चैनपुरमा जुलुस सहित नेपाल तरुण दल बझाङले जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्रपती भण्डारीलाई ज्ञापन पत्र बुझाएको छ। 

निर्बतमान प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभाका सदस्यका लागी मनोनयनका लागी सिफारिस गरेका ३ जनालाई अनुमोदन नगरि बर्तमान सरकारले  सिफारिस गरेकालाई अनुमोदन गरेको भन्दै बिज्ञप्ती मार्फत बिरोध जनाएको हो।

नेपाल तरुण दल बझाङका अध्यक्ष बिष्णु ऐडीद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा नेपाली काँग्रेसको नेतृत्वको सरकारले संबिधानको धारा ८६ को उपधारा २को (ख) अनुसार राष्ट्रिय सभाको ३ जना सदस्य मनोनयनका लागी गरेको सिफारिसको ब्यवास्ता गरि असंबैधानिक तबरले राष्ट्रपतीद्वारा आफै असंबैधानिक रुपमा सक्रिय हुन खोजेकोप्रति घोर निन्दा र भत्सर्ना गरिएको छ। राजनिती पुर्वाग्रहबाट ग्रसित भई कुनै पनि काम नगर्न चेतावनी दिदै तरुणहरुले संबिधानको रक्षाका लागी यस्ता असंबैधानिक निर्णय नसच्याए आफुहरुले जस्तो सुकै मूल्य समेत चुकाउने चुनौती दिएका छन्। 

नेपाल तरुण दल बझाङले गरेको बिरोध कार्यक्रमा नेपाली काग्रेस बझाङका पदाधिकारी लगायत सदस्यहरु नेपाल तरुण दल, ने बि संघ लगायतको उपस्थिती रहेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ