arrow

बृहत पोषण परिकार प्रदर्शनी तथा खाद्य मेला सम्पन्न

logo
रमित बिक
प्रकाशित २०७४ फागुन १३ आइतबार
mela1.jpg

बाजुरा । “स्वस्थ जीवनका लागि सन्तुलित आहार, खाद्य तथा पोषण सुरक्षा जीवनको आधार” भन्ने मुल नाराका साथ सदुरमुकाम मार्तडीमा बृहत पोषण परिकार प्रदर्शनी तथा खाद्य मेला सम्पन्न भएको छ ।

पोषण तथा खाद्य सुरक्षामा सुधार ल्याउनका लागि बृहत पोषण तथा खाद्य मेला प्रदर्शनी मेला २०७४ को आयोजना गरिएको जिल्ला कृषि विकास कार्यालय बाजुराका बरिष्ठ कृषि विकास अधिकृत युगोल किशोर तिवारीले बताए । 

खाद्य तथा पोषणसँग सम्वन्धित विभिन्न स्टलहरुको अवलोकलन,पोषणयुक्त खाद्य वस्तु तथा विभिन्न परिकारहरुको स्वाद लिने,मेलामा उपस्थित भएका मध्येबाट २ वर्ष मुनिका स्वस्थ बच्चाको छनौट तथा पुरस्कार वितरण कार्यक्रम  सडक नाटक नृत्य तथा साँस्कृतिक कार्यक्रम, १० को टिकटमा पोषण बम्पर उपहार कार्यक्रम, भिडियो डकुमेन्ट्री प्रदर्शनी लगायतका कार्यक्रमहरु प्रस्तुत गरिएका छन् । 

जिल्ला स्वास्थ्य कार्यालय बाजुरा, जिल्ला पशु सेवा कार्यालय बाजुरा, सहास नेपाल, पिसबीन बाजुरा, गिफ्ट बाजुरा, एच।आर।सी बाजुरा, सुआहारा कार्यक्रम, वहुक्षेत्रीय पोषण योजना, सुनौला १००० दिन संचार अभियान कार्यक्रम बाजुराको सहयोगमा सञ्चालन भएको कार्यक्रमको आयोजना जिल्ला कृषि विकास कार्यालय बाजुरा,कृषि तथा खाद्य सुरक्षा आयोजना बाजुराले गरेको थियो । 

कार्यक्रममा कुखुरा र खसीको मासु बिक्री स्टल,पशुपंक्षी पदार्थको स्टल,पोषिलो जाउलो प्रदर्शन,स्थानिय तथा रैथाने बालीको प्रदर्शन,आर्गानिक कृषि उपज तथा खाद्य परिकार प्रदर्शनी गरिएको थियो । 

कार्यक्रममा बोलदै कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बृहत पोषण परिकार प्रदर्शनी तथा खाद्य मेलाले जनताहरुलाई सकरात्मक सन्देश दिएको बताए । 

उनले सबैले आ–आफ्नो तह र तप्काबाट लागे पोषण तथा खाद्य सुरक्षामा सुधार ल्याउन सकिनेमा जोड दिए । ‘हामीले पहिले आफ्नो आनीबानीमा परिवर्तन गरे विस्तारै घर–परिवार हुदैँ छिमेकी र गाउँ सम्म सुधार हुदैँ जान्छौं’ उनले भने । 

सबैले आ–आफ्नो १ घर १ करेसावारी निमार्ण गरे पोषणको क्षेत्रमा छोटो समयका फट्को मार्ने सकिने उनले बताए । 

कार्यक्रममा स्वस्थ बच्चा प्रतिष्पर्धामा पाखुराको नाप र बच्चाको तौल लिएर प्रतिष्पर्धा गरिएको थियो । पाखुराको नाप र बच्चाको तौल कुपोषण नभई स्वस्थ देखिएका बच्चाहरुलाई पुरष्कृत गरिएको थियो । 

जसमा प्रथम नवयुग रोकाया गौमुल गाउँपालिका वडा नं। १,द्धितिय सिद्धिक शाही बडिमालिका नगरपालिका वडा नं ८ र तृतिय सन्देश बिक रहेका थिए । 

कृषि विकास कार्यालय बाजुराका बरिष्ठ कृषि विकास अधिकृत युगोल किशोर तिवारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अथिति बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल,बिशिष्ट अथिति प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री,बडिमालिका नगरपालिका वडा नं ९ का वडा अध्यक्ष बिनोद कुमार बिक,उद्योग बाणिज्य संघ बाजुराका अध्यक्ष देब बहादुर रोकाया रहेका थिए । 

कार्यक्रममा बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि,बजारबासी,स्थानिय लगायत पत्रकारहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा २ सय बढी दर्शकहरुले मेलाको अवलोकन गरेका छन् । कार्यक्रममा मालिका उमावि,बडिमालिका बोडिङ्ग स्कुल,कन्भर्स एकेडेमी र क्रेटोर जोन एकेडेमीका बिद्याथीहरुले जनचेतनामुलक एवंम सचेतनामुलक सडक नाटक र नृत्य प्रस्तुत गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ