arrow

मन्त्रिपरिषदमा थारुको प्रतिनिधित्व खोर्इ ?

logo
प्रकाशित २०७४ फागुन १३ आइतबार
PMO1.JPG

काठमाडौँ । थारु समुदायका राजनीतिज्ञले अब बन्ने मन्त्रिपरिषद्मा थारु समुदायका सभासद्लाई जनसंख्याको अनुपातमा समानुपातिक ढंगले केन्द्र तथा प्रदेशमा मन्त्री बनाउन माग गरेका छन् ।

आइतबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा थारु नेताहरुले थारु समुदायलाई राज्यले सधैँ उपेक्षा गर्दै आएको बताउँदै देशमा क्रान्तिकारी राजनीतिक परिवर्तनका लागि आन्दोलनमा थारुले आफ्नो जीवन उत्सर्ग गरेको गुनासो गरे ।

एमाले केन्द्रीय सदस्य भगवती चौधरीले सरकारमा थारु समुदायलाई समानुपातिक सहभागिता गर्नुपर्नेमा जोड दिँदै थारुले सम्मानजनक मन्त्रिपरिषद्मा स्थान पाउनुपर्ने बताइन् ।

थारु संघर्ष समितिका अगुवा एव अभियन्ता सुरेन्द्रकुमार चौधरीले नेपालको ७० वर्ष लामो राजनीतिक इतिहासमा थारुले बलिदान गरेको स्मरण गर्दै राज्यले उनीहरुमाथि विभेद गर्न नहुने बताए ।

थारु कल्याणकारिणी सभा काठमाडौँ उपत्यकाका सचिव तुलसी थारुले देशमा राजनीतिक परिवर्तनमा अग्रणी भूमिका निर्वाह गरेका थारु समुदायले देश विकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ