arrow

चिनियाँ कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध, चीनको कडा प्रतिवाद

logo
प्रकाशित २०७४ फागुन १३ आइतबार
china_amerika.jpg

काठमाडौं । उत्तर कोरियामा अमेरिकाले लगाएको अहिलेसम्मकै सबैभन्दा ठूलो नाकाबन्दीको चपेटामा चिनियाँ कम्पनी समेत पर्न थालेका छन् । आफ्ना नागरिक र व्यवसायीमाथि समेत नाकाबन्दीको पीडा थपिएपछि चीनले अमेरिकाको सो प्रतिबन्धको विरुद्ध कडा विरोधको सूचना जारी गरेको छ । 

चीनको विदेश मन्त्रालयले भनेको छ 'हाम्रो विरोध वासिंटनको त्यो फैसला विरुद्ध हो । जसमा चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ ।' ती प्रतिबन्धमा परेका कम्पनीहरुले उत्तर कोरियासँग मिलेर अवैध आर्थिक करार गरेको आरोप लगाएको छ । यस भन्दा पहिले शुक्रवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी गराएका छन् ।

अमेरिकाको तर्फबाट लगाईएको यो प्रतिबन्धको सीधा संकेत यो मिलेको छ कि प्योङयाङबारे अमेरिका अहिले तत्काल नरम बन्ने सम्भावना रहेको छैन । अमेरिका उत्तरमाथि आफ्नो रणनीति कायम राख्न चाहन्छ । अमेरिकाको लक्ष्य यो छ कि कोरियाले सबै हतियार र परमाणुहरु बन्द गरेर यसको ब्याण्ड नै गरिदियोस् । 

यो प्रतिबन्ध उत्तर कोरिया, चीन, सिंगापुर, ताइवान, हडकङ, तान्जानिया, पनामा तथा कमोरोमा रहेका सबै रजिस्टर्ड कम्पनिको लागि यो नियम लागु हुने गरेको छ । उत्तर कोरिया तथा चीन सहित ६ देशमा पञ्जिकृत २७ शिपिङ कम्पनी तथा २८ अरु कम्पनीबीच प्रतिबन्ध लगाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ