arrow

नेपालमा यसरी बढ्दैछ चिनियाँ प्रभाव, पर्यटक पनि भारतीय भन्दा चिनियाँ बढी

logo
प्रकाशित २०७४ फागुन १४ सोमबार

काठमाडौं । सन् २०१५ साल यता नेपालमा भारतीय भन्दा पनि चिनियाँ पर्यटकहरुको आकर्षण चुलिएको छ। पुरै विश्वमा आफ्नो प्रभाव बढाईरहेको चीनले नेपालमा झनै प्रभाव बढाउन बल पुग्ने अनुमान गरिएको छ। २०१५ साल पछि नेपालमा चिनियाँ पर्यटकहरु हरेक वर्ष २० देखि ३० प्रतिशतको दरमा बढ्दै गईरहेको छ । यो सँगै नेपालको पर्यटनको लागि नेपालको मुख्य स्रोत नै चीन बन्न पुगेको छ । 

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार यो वर्षसम्म आईपुग्दा नेपालमा आईपुुग्ने सबैभन्दा बढी संख्या चिनियाँ पर्यटकहरुको रहेको देखिएको छ । उनले २०१५ सालदेखि चिनियाँ पर्यटकहरुको संख्या ब्यापक रुपमा बढ्दै गएको जनाएका छन् । एक दशक अघिसम्म यो तथ्यांक मात्रै ३० हजार देखि ३५ हजारकोबीचमा रहेको थियो । अहिले यो वर्षको लूनर होलिडे सीजनमा मात्रै ४० हजार चिनियाँ पर्यटकहरु नेपाल आउने लक्ष्य बोर्डको छ ।  

यसैसम्बन्धी अध्ययन गरेर तयार पारिएको साउथ चाईना मर्निङ पोस्ट (एससिएमपी) को रिपोर्टको अनुसार पछिल्लो वर्षसम्म नेपालको पर्यटनको मुख्य स्रोत भारत भएको भएपनि यो वर्षदेखि त्यो स्थान चीनले हाँसिल गरेको जानकारी दिए । अघिल्लो वर्षसम्म चीनको स्थान दोस्रो थियो । 

यही कारण पर्यटन विस्तारको लागि सरकारले पनि नेपाल चीन सीधा यातायातको सुविधा र हवाई यात्राको सुविधामा समेत विस्तार गर्ने तयारी गरिरहेको छ । यसको लागि पोखरामा बनाउन सुरु गरिएको विमानस्थलले बढी मात्रामा चिनियाँ पर्यटकहरुलाई सहयोग मिल्ने बताईएको छ । त्यस्तै १९५६ किलोमिटर लामो चिंघाई तिब्बत रेल्वे नेपालसम्म ल्याउने तयारी पनि चलिरहेको छ । यसले पनि चिनियाँ पर्यटकहरुको नेपाल भ्रमणलाई अझ बढावा दिने अनुमान गर्ने गरिएको छ । अहिलेसम्म नेपालको लागि पाँच वटा चिनियाँ उडान हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ