arrow

हजारौं आइएस लडाकुकी पत्नीहरुको युरोप प्रवेश, 'खतराको संकेत'

logo
प्रकाशित २०७४ फागुन १५ मंगलबार
IS_wife.jpg

काठमाडौं । आतंकबादी संगठन आईएसको पतनपछि आईएस लडाकुका हजारौं पत्नीहरु युरोप प्रवेश गरेको समाचार छ । आईएसको गढमा कमजोर बनेको उसको तागत पछि मिडियामा यो समाचार आउन थालेको छ कि हजारौं संख्यामा जिहादीहरु युरोपका अलग अलग देशहरुमा प्रवेश गरिरहेका छन् । मेल अनलाइनमा छापिएको रिपोर्टका अनुसार यी आतंककारीहरुको ती लडाकूकी श्रीमतीहरुको युरोप प्रवेशको पछाडि खतरनाक आतंकबादी योजना हुनसक्ने आकलन समेत गरिएको छ । यो देखेपछि यूरोपियन यूनियन बोर्डर फोर्सले समेत यसबारे चेतावनी दिईसकेको छ । 

२०१६ मा ब्रसेल्समा भएको आतंक अझैपनि आम युरोपियनहरुको मानस पटलमा जिउँदै छ । मिडिल ईस्टबाट आतंकबादी संगठन आईएससँग जोेडिएका लडाकूकी श्रीमती तथा बच्चाहरु युरोपमा प्रवेश गरिरहेका छन् । ईयू सुरक्षा बलको रिपोर्टमा पनि आईएसबाट युद्ध लड्दा श्रीमान् गुमाएका आईएसका पत्नीहरुको ईयू प्रवेशको संकेत राम्रो नभएको उल्लेख गरिएको छ । आतंकवादी संगठनसँग जोडिएका यी व्यक्तिहरु सानो योजनाले नआएको हुनसक्ने उल्लेख प्रतिवेदनमा गरिएको छ । 

पछिल्ला केही समयका रिपोर्टहरुका अनुसार यस्ता आतंकवादी काममा पुरुषसँगै महिलाहरुको पनि संख्या त्यत्तिकै बढी भेटिएको छ । नोट्रेडेम क्याथड्रेलमा गत वर्ष सेप्टेम्बरमा भएको आत‌ंककारी गतिविधिमा पुरुषभन्दा बढी महिलाहरुको संख्या बढी रहेको थियो । अहिलेको यो घटनाबाट युरोपबासीमा पनि नयाँ त्रासको सुरुवात भएको छ । 

एजेन्सीहरुको सहयोगमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ