arrow

साउदी राजाले हटाए सैन्य प्रमुखसहित उच्च अधिकारी

logo
प्रकाशित २०७४ फागुन १५ मंगलबार
saudi.jpg

काठमाडौं । साउदी अरबका राजा सलमानले सेना प्रमुखसहित उच्च सैन्य अधिकारीहरुलाई बर्खास्त गरेका छन् । 

उनीहरुलाई बर्खास्त गर्नुको कारण भने सरकारले खुलाएको छैन । 

बर्खास्त हुनेहरुमा वायु सेना र स्थल सेनाका उच्च अधिकारीहरु रहेका छन् । 

साउदी प्रेस एजेन्सीले बर्खास्त गरिएकाहरुको स्थानमा नयाँ नियुक्ति गरिएको जनाएको छ । 

रक्षा मन्त्रीसमेत रहेका राजकुमार मोहम्मद विन सलमानले सैन्य अधिकारीहरुलाई बर्खास्त गर्नुका धेरै कारण रहेको बताएका छन् ।

साउदी नेतृत्वको गठबन्धन सेनाले यमनका विद्रोहीमाथि शुरु गरेको कारबाहीको तीन वर्ष पूरा हुने बेलामा साउदी सरकारले उच्च सैन्य अधिकारीलाई बर्खास्त गरेको बीबीसीले समाचार लेखेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ