arrow

पुनःनिर्माणको नयाँ फन्डा, लाग्यो प्रदर्शनीतिर

logo
प्रकाशित २०७४ फागुन १५ मंगलबार
reconstruction-authority.jpeg.jpeg

काभ्रे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, काभ्रेले भूकम्पसम्बन्धी जिल्लास्तरीय रुपमा प्रदर्शनी गर्ने भएको छ । 

विशेष गरेर भूकम्पपछि कस्ता घर बनाउनुपर्छ र जिल्लाको स्थिति के छ भन्ने विषयमा प्राधिकरणले प्रदर्शनी गर्ने भएको हो । 

पुनःनिर्माण प्राधिकरण, एनआरए र भूकम्पसम्बन्धी काम गर्ने विभिन्न गैरसरकारी संस्थाको समीक्षा बैठकका क्रममा प्राधिकरणले सो निर्णय गरेको हो । 

पुनःनिर्माणसम्बन्धी जानकारी सबैलाई थाहा नभएकाले प्रदर्शनीको आयोजनाका विषयमा प्राधिकरण लागि परेको प्राधिकरण काभ्रेका प्रमुख धु्रव गैंडाले बताए ।

प्रदर्शनी कहिले गर्ने भन्ने निर्णय भने प्राधिकरणले अहिलेसम्म गरेको छैन । सकेसम्म महोत्सवको अवसर पारेर गर्ने भन्ने मात्र बैठकले निर्णय गरेको छ । 

त्यस्तै, प्राधिकरणकै नेतृत्वमा भूकम्प प्रभावित १४ जिल्लामा अनुगमन टोलीसमेत गठन गर्न लागिएको बैठकका क्रममा जानकारी गराइएको छ । 

डिएलपीआइओका अनुगमन तथा मूल्यांकन विज्ञ रोशन केशरीको नेतृत्वमा काभ्रेमा अनुगमन टोलीको गठन गर्न लागिएको हो । 

“जोखिमयुक्त परिवारको सहयोगका लागि सहयोग गर्न गैरसरकारी संस्थासँग कुरा अगाडि बढाइसक्यौँ,” गैंडाले भने । 

साथै, गुनासो भरेका पीडितको तथ्यांक आइसकेको, नगरपालिका र गाउँपालिकामा पठाउन मात्र बाँकी रहेको उनले जानकारी दिए । 

तथ्यांकको पुनः जाँच भइसकेपछि मात्र उक्त तथ्यांक पठाइने उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ