arrow

पूर्व राष्ट्रपति पार्कलाई ३० वर्ष जेल सजायको माग

logo
प्रकाशित २०७४ फागुन १५ मंगलबार
park-gain.jpg.jpeg

सोल । दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क गेउन हाइलाई उनले गरेको भनिएको भ्रष्टाचारको काण्डमा ३० वर्षको जेल सजाय माग गरिएको समाचार छ ।

यहाँका सरकारी वकिलले पूर्व राष्ट्रपति हाइले गरेको भ्रष्टाचार र शक्तिको दुरुपयोगको विषयमा गरिएको लामो समयको अनुसन्धानपछि उनलाई ३० वर्षको जेल सजाय हुनुपर्ने माग गरेका हुन् ।

पार्क ६६ वर्षकी छिन् । उनले भ्रष्टाचार गरेको र आफू राष्ट्रपति रहँदा शक्तिको दुरुपयोग गरेको आरोपमा मुद्दा चलिरहेको छ ।

सो मुद्दामा गएको करिब एक वर्षदेखि सुनुवाई जारी रहेको छ । गत वर्षको मार्च महिनामा उनिमाथि भ्रष्टाचारको आरोप लागेको थियो ।

उक्त मुद्दाको सुनुवाई दक्षिण कोरियाको सर्वोच्च अदालतमा जारी छ । उनलाई गएको वर्षदिनदेखि प्रहरी हिरासदमा राखिएको छ ।

भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उनलाई संसदमा महाभियोग लगाएर बर्खास्त गरिएको थियो ।

दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति उनि यसरी महाअभियोग लगाएर निकालिएको पनि यस देशको पहिलो राष्ट्रपति नै हुन् । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ