arrow

मुजफ्फरपुरको स्कूल घटनाका आरोपित विजेपी नेता नेपालमा आएको आशंका   

logo
प्रकाशित २०७४ फागुन १५ मंगलबार
tejaswi_yadav.jpg

काठमाडौं । विहारको मुजफ्फरपुरमा स्कूले विद्यार्थीहरुमाथि अन्धाधुन्द बोलेरो चलाएको आरोप लागेका एक व्यक्ति नेपालमा रहेको आशंका विहार प्रहरीले गरेको छ । स्कूल परिसरमा बोलेरोले कुल्चिएर नौ जना बच्चाको हत्या गर्ने आरोपी मनोज बैठा नेपालमा रहेको आशंका प्रहरीले गरेको हो । 

अहिले विहारमा आरजेडी नेता तेजस्वी यादवले एक पटक फेरि सरकारले यो काण्डलाई त्यसै साम्यपर्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । उता, बिहार विधानसभाको बाहिर विपक्षीहरुले आरोपी मनोज बैठालाई गिरफ्तारीको माग गरी प्रदर्शन गरिरहेका छन् । अहिले विपक्षीले स्कूलका नौ जना बच्चा मार्नेगरी चलाईएको बोलेरो भाजपा नेता मनोज बैठाको गाडीले गरेको आरोप लगाएका छन् । बैठा अहिले शरण लिन नेपाल आएको हुनसक्ने आकलन प्रहरीले गरेको छ । 

पत्रकारहरुसँग कुराकानी गर्दै तेजस्वीले भनेका छन्, ुमनोज बैठा अहिलेसम्म किन गिरफ्तार हुन सकेनन् रु उनले प्रहरीसँग आत्मसमर्पण गरेको जानकारी आएको समेत बताएका छन् । तर, यसबारेमा स्पष्ट जानकारी नआएको पनि उनले बताएका छन् । उनी गिरफ्तार भएका छन् या नेपाल भागेका छन् ? त्यो जानकारी नभएको उनले बताएका छन्

उता, मनोज बैठाका पिता नारायण बैठाले ड्राईभरले घरबाट गाडी लगेको भन्दै घरबाट निकालेपछि गाडी कता कता पुग्यो भन्नेबारे आफूलाई जानकारी नभएको स्पष्ट पारेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ