arrow

सिरियाको विजोगमा उत्तर कोरियाको हात, कसरी ?

logo
प्रकाशित २०७४ फागुन १६ बुधबार
chlorine-gas.jpg

काठमाडौं । उत्तर कोरिया र अमेरिकाबीच वार्ताको तयारी भइरहँदा उत्तर कोरियाले सिरियालाई रासायनिक हतियार बनाउन सहयोग गरेको खुलासा भएको छ ।

अमेरिकी संचारमाध्यमहरुका अनुसार सिरिया युद्धमा प्रयोग भइरहेको भनिएको रासायनिक हतियार बनाउने सामग्री उत्तर कोरियाले पठाएको हो । 

संयुक्त राष्ट्रसंघका विज्ञलाई उधृत गर्दै अमेरिकी संचारमाध्यमले उत्तर कोरियाले नै सघाउ पुर्याएको दाबी गरेका हुन् । 

सिरियामा प्रयोग भएका रासायनिक हतियारको अध्ययन गर्दा उत्तर कोरियाली रासायनिक हतियारसँग मेल खाएको दाबी रिपोर्टमा गरिएको छ ।

पछिल्ला दिनहरुमा सिरियाली सेनाले विद्रोहीविरुद्ध क्लोरिन ग्यास प्रयोग गरेको खुलासा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ