arrow

ट्रम्पका ज्वाइँको घटुवा, किन ? 

logo
प्रकाशित २०७४ फागुन १६ बुधबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर घटुवामा परेका छन् । उनलाई ह्वाइट हाउसका गोप्य कागजातहरूको पहुँचमा घटुवा गरिएको हो । 

कुश्नरले ट्रम्पका एक उच्च सल्लाहकारको नाताले उच्चस्तरको सुरक्षासम्बन्धी रिपोर्ट पाउने गरेकामा अबदेखि उक्त रिपोर्ट नदिइने भएको हो । 

अमेरिकी संचारमध्यमहरुका अनुसार गोप्य कागजातहरूमा पहुँचका लागि स्थायी अनुमति नपाएका कुश्नर र ह्वाइट हाउसका अन्य सहयोगीहरूले अब उप्रान्त उच्चस्तरका सुरक्षा रिपोर्ट पाउने छैनन्।

राजनीतिक अनुभव नभएका कुश्नरलाई ह्वाइट हाउसका एक सल्लाहकारका रूपमा ठूलो जिम्मेवारी दिइएको थियो। 

३७ वर्षकै उमेरमा कुश्नरले छलाङ मारे पनि उनको काँचोपनकै कारण उनलाई त्यो अधिकारबाट टाढा राखिएको बताइन्छ । 

कुश्नरलाई यसबारे गत शुक्रबार नै जानकारी गराइएको पनि अमेरिकी मिडियाहरुले लेखेका छन् । 

कुश्नरको ट्रम्पकी छोरी इभांकासँग बिहे भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ