पाँचथर । सुन सफा गरिदिने भन्दै नक्कली मिसावट भएको सुन दिएर ठगी गरेको आरोपमा प्रहरीले फिदिम नगरपालिका १३ लुङरुपाबाट ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वचम्पारण बस्ने कृष्ण साह लगायत अन्य चार जना रहेका छन् ।
साविक लुङरूपा गाविस स्थित बसुन्धरा राईको घरमा पुगेका उनिहरुले लगाइराखेको सुन फोहोर भएकोले सफा गरी दिएर नयाँ मारवाढी वनाइदिने भन्दै विभिन्न रसायन लगाएर मारवाडि गालेर अर्कै नक्कली मिसावटयुक्त सुन दिई ठगी गरेर फरार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरूलाई इलामबाट पक्राउ गरेको प्रहरी जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए ।
उनीहरुलाई जिल्ला अदालत पाँचथरमा ठगी मुद्दा अन्तर्गत म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।