arrow

पुनर्वास घटनाको पर्दाफासः शृङ्खलाबद्ध हत्याकाण्डमा बाबानै संलग्न

logo
दीपेन्द्र बस्नेत
प्रकाशित २०७४ फागुन १६ बुधबार
punarbas_nagarpalika_map.png

पुनर्वास । एक वर्षदेखि पुनर्वास क्षेत्रमा हुँदै आएका शृङ्खलाबद्ध हत्याका घटनाको छानबिन र अनुसन्धानमा सक्रिय बनेको कञ्चनपुर प्रहरीले एक जनालाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाएको छ । 

पुनर्वास क्षेत्रमा वर्ष दिन यता हुँदै आएका हत्या काण्डका दोषीको पहिचानको अन्तिम निस्कर्षमा प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ले जनाएको छ । 

पुनर्वास नगरपालिकाको अमरबस्ती स्थित सिद्ध देवि मन्दिरमा बस्दै आएकी माता लगायत ३ जनाको हत्याकाण्डको पुष्टि भइ मुद्दा दर्ता समेत भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज बिष्टले बताए । 

पुनर्वास नगरपालिका १० स्थित टाउकेबजार स्थित कुटीमा बस्दै आएका अन्दाजी ६६ वर्षिय बाबा रामलाल रानालाई नियन्त्रणमा लिइ अनुसन्धान गर्दा घटनाको पुष्टि भएको प्रहरी उपरीक्षक बिष्टले बताए । 

शृङ्खलाबद्ध हत्याकाण्डमा संलग्न रहेका रानालाई आज बुधबार नै म्याद थप का लागि जिल्ला अदालत कञ्चनपुरमा पेश गरि अनुसन्धान प्रक्रिया अघि बढान प्रहरीले तयारी गरेको एस पि बिष्टले बताए । 

बिगत एक वर्ष देखि पुनर्वासमा हुदै आएका हत्याका घटनाको दोषी लाई बिहिवार सम्म पत्रकार सम्मेलन गरि सार्बजनिक गर्ने तयारी समेत गरिएको एसपी बिष्टले बताए । 

अब पुनर्वास क्षेत्रको शान्ति सुरक्षा सुदृढ बनाउन प्रहरी कृयाशिल रहेको कञ्चनपुर प्रहरी प्रमुख बिष्टले बताए । केही दिन अघि कृष्णपुर स्थित वनदेवी मन्दिर मा भएको हत्याका हत्यारा लगायतका घटनाका दोषी हरुलाई समत्न प्रहरी सफल रहेको थियो । 

पुनर्वासमा हुँदै आएको हत्याकाण्डको पर्दाफास गरि दोषीलाई प्रहरीले नियन्त्रणमा लिए संगै स्थानीयले राहत महसुस गरेका छन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ