arrow

एमाले मधेस छिर्‍यो, मधेसी गठबन्धन टुक्राउन यति ठूलो खेल

logo
प्रकाशित २०७४ फागुन १६ बुधबार
uml-maobadi-new.jpg

काठमाडौं । एमाले–माओवादीबीचको पार्टी एकता अन्तिम चरणमा पुगिरहँदा एमाले मधेश कब्जा गर्ने रणनीतिमा अगाडि बढेको छ । 

संघीय समाजवादी फोरम सत्तामा जान लालायित देखिएपछि त्यही सत्ताको ललिपप चुसाउँदै एमाले–माओवादीले फोरम र राष्ट्रिय जनता पार्टी राजपाबीचको मधेसी गठबन्धन समेत फुटाउने देखिएको छ । 

फोरमले केपी शर्मा ओली नेतृत्वको सरकारमा जान इच्छा देखाएपछि एमाले–माओवादीलाई मधेसमा आफूहरुको प्रभुत्व जमाउन सजिलो भएको हो । 

फोरम अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको मागलाई देखाएर पूरा गर्ने आश्वासन पाएको भन्दै सरकारमा जान तरखर गरेका हुन् । 

योसंगै फोरम र राजपाबीच चरम असन्तुष्टि देखिएको छ । 

प्रदेश २ मा प्रदेश र प्रतिनिधिसभमा निर्वाचनमा मिलेर चुनाव लडेका फोरम–राजपाबीच यादवकै कारण सम्बन्ध चिसिदै गएको छ । 

फोरमले प्रदेश २ को सरकारमा पनि एमालेको सहभागीता हुनुपर्ने भनेसंगै राजपा चिढिदै गएको छ । 

किन यस्तो गरिरहेछ वाम गठबन्धन ? 
वाम गठबन्धनलाई केन्द्र सरकार चलाउन १३७ सांसद भए पुग्छ । वाम गठबन्धनसँग संसद्को २७५ सदस्यमध्ये १७४ सांसद छन् । 

यो संख्या ६३.२७ प्रतिशत हो । 

फोरम सरकारमा आयो भने १६ सिट थपिने छ । त्यसपछि दुई तिहाइ पुग्नेछ । दुई तिहाइ भए जस्तासुकै निर्णय पनि गर्न सकिने वाम तर्क छ । 

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको भनाइलाई मान्ने हो भने फोरमसंग माओवादीको विचार मिल्छ । कुनै समय यादव पनि माओवादीमै थिए । त्यसैले पनि विचार मिल्नेसंग सहकार्य गर्नुपर्नेमा माओवादी जोड छ । 

माओवादीसंग विचार मिल्नेको अबको केही समयपछि एमालेसंग पनि विचार मिल्नेछ । 

तर यो विचारले फेरि मधेस सम्बन्ध भने बिग्रने देखिएको छ । एमाले मधेसमा पनि खेलिरहेको स्पष्टै हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ