काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई झड्कामाथि झड्का लागेको छ । कहिले ज्वाइलाई अधिकार कटौती भइरहेको छ भने कहिले संचारमाध्यमले साथ दिइरहेका छैनन् ।
अब त ट्रम्पसँग सर्वाधिक समय काम गर्नेमध्येकी एक सल्लाहकार उनकी सञ्चार निर्देशक होप हिक्सले पनि राजीनामा दिने घोषणा गरेकी छिन्।
राष्ट्रपति ट्रम्पले उनलाई साँच्चिकै असल मानिस भन्दै उनको अभाव खट्किने बताएका छन्।
२९ वर्षीया होप पूर्व मोडेल तथा ट्रम्प अर्गानाइजेसनकी पूर्व कमर्चारी समेत हुन्।
उनी ह्वाइट हाउसकी सञ्चार निर्देशकको रुपमा काम गर्ने चौथो व्यक्ति थिइन्।