पर्सामा ८ वर्षीय बालिका बलात्कृत, स्वास्थ्य अवस्था गम्भीर
विजय चौहान,
प्रकाशित २०७४ फागुन १७ बिहिबार
568
Shares
वीरगन्ज । बाख्रा चराउन निस्किएकी ८ वर्षीय बालिका बुधबार पर्सामा बलात्कृत भकी छन् । पर्साको पटेर्वा सुगौली गाउपालिकामा बुधबार बेलुका बालिका बलात्कृत भएकी हुन । बुधबार अपराह्न्न घरबाट बास्रा चराउन निस्किएकी बालिका बेलुकासम्म घर फिर्ता नआएपछि परिवारका सदस्यहरुले खोजतलास गर्दा गाउपालिकाको वडा नम्बर ५ निचुटनाको पोखरी नजिकैको खेतमा मुक्र्षित अवस्थामा फेला परेपछि बालिका बालात्कृत भएको घटना प्रकासमा आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक राजन लिम्बूले जनाकारी दिए ।
शरीरको विभिन्न भागमा घाउ लागेको तथा उनको गुप्तांगबाट समेत रगत बगी रहेको अवस्थामा फेलापरेकी बालिकालाई बुधबारै साझा साढे सात बजे उपचारको लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतलामा भर्ना गराएको नायब उपरीक्षक लिम्बूले बताए ।
बालिकाको अनुहार, पुठ्ठु लगायतको स्थान संगै गोप्य अंकमा समेत गहिरो घाउ भएको फेलापरेपछि आवश्यक प्रमाण संकलन गरी गएराती नै उनको उपक्षेत्रीय अस्पतालमा सल्यकृया गरिएको प्रहरीले जनाएका छ । बालिकालाई बलात्कारको सिकार बनाउने कार्यमा संलग्न रहेकाहरुको खोजि कार्य भइरहेको र घटनावारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्साबाट समेत टोली पटेर्वासुगौली गाउपालिकामा खटाइएको नायब उपरिक्षक लिम्बूले बताए । अस्पतालमा गाइनो वार्डमा भर्ना रहेकी बालिकाको स्थास्थ्य स्थिती गम्भिर रहेको उपचारमा संलग्न चिकित्कसले जनाएका छन् ।