arrow

सबै होलीमा मस्त, ट्राफिक व्यवस्था अस्तव्यस्त, प्रहरीलाई हैरानी

logo
प्रकाशित २०७४ फागुन १७ बिहिबार
trafik_news.JPG

काठमाडौं । सबैले फागु पूर्णिमा मनाउँदैछन् । र, होलीमा रमाउँदैछन् । तर, ट्राफिक प्रहरीको बाध्यता अर्कै । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीलाई हैरानी । भ्याई–नभ्याई । अहिलेसम्म ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने ६ सय बढी मोटरसाइकल चालकलाई पक्राउ गरेको छ ।

धेरैले कागजपत्र बिनै मोटरसाइकल चालाएको भेटिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता डिएसपी मुकुन्द मरासिनीले जानकारी दिएका छन् । उनी भन्छन्, ‘कतिपयले मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएको भेटियो । कतिपयले तीन–तीन जना बोकेर हिँडिरहेका छन् ।’

उपत्यकामा केही दुर्घटना पनि भएका छन् । मानवीय क्षतिको विवरण भने आएको छैन । काठमाडौं प्रहरी परिसरबाट खटिएका प्रहरीलाई पनि भ्याई नभ्याई छ । काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेलले होली खेल्दा हुलदंगा गर्ने र सुरक्षामा खलल ल्याउन खोज्ने १ सय ५० बढी पक्राउ परेका बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ