प्रचण्ड भन्छन्–यता समृद्धि, उता समृद्धि, चारैतिर समृद्धि हुन्छ अब
प्रकाशित २०७४ फागुन १७ बिहिबार
894
Shares
नवलपरासी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुशासन, स्थायित्व, विकास र समृद्धि अबको आवश्यकता रहेको बर्ताएका छन् ।
प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भने, “अब सबै मिलेर देशमा चौतर्फी रुपमा समृद्धि दिन्छौँ, देशमा विकासको आवश्यकता छ, तराई मधेशमा अझ बढी विकास गर्नु बाँकी छ ।” संघीय समाजवादी फोरम नेपाललाई समेत सरकारमा सहभागिता गराउन वार्ता अन्तिम चरणमा पुगेको जानकारी दिए ।
एमाले र माओवादी केन्द्र दुई कम्युनिष्ट पार्टीबीचको एकता अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले भने, “अब दुवै केन्द्र भंग गरी एउटै कम्युनिष्ट पार्टी बनाएर नयाँ यात्रा तय गरिनेछ । अध्यक्ष दाहालले गौतम बुद्धको अष्टधातु रहेको नवलपरासीको रामग्राम स्तूपको अवलोकन पनि गरे । रासस